Wednesday, July 9, 2014

एउटा सम्झना

ad300
Advertisement
~कबिता~

एउटा सम्झना 

उजाड बगरको बलुवामा 
गोरा
साना
कोमल औँलाले
"आइ लभ यू" लेखेर
बुर्खुसी मारेका
एक जोर पैताला

रित्तो क्यान्भासमा
आसाका सुन्दर
सुनाखरीहरु कोरेर
भागेका
खिरिला औँलाहरु

जिजिविसा
बाचाइ राखेको
एउटा रुमानी मुस्कान

पहाडबाट
सलहका हुल
लखेट्न सक्ने
एउटा हाँसो

मेरो खुशी
अपहरण गरेर
मलाई सुपुर्दगी नगर्दै
अर्कैको अपहरणमा परेका
एक जोर आँखा

मैले हिंड्न चाहेर
हिडन नपाएको
एउटा बाटो

चुम्न चाहेर
नचुम्दै अर्कैले
टिपेको एउटा फूल

तिर्खा मेट्न
खोज्दा बित्तिकै
सुकेको एउटा धारो

आज बेहद याद आइरहेछ ।

~ बिस्नु प्रवा सापकोटा
Share This
Next Post

Pellentesque vitae lectus in mauris sollicitudin ornare sit amet eget ligula. Donec pharetra, arcu eu consectetur semper, est nulla sodales risus, vel efficitur orci justo quis tellus. Phasellus sit amet est pharetra

Related Posts

  • मनफुल कहाँ भैन्छर मान्नेले काडा भनेर माने पछि आफ्न्त कहाँ भैन्छर जान्ने… Read More
  • घर पानी सुकेको खोलिमा धाएर के काम मरेसी ओखति पाएर के काम गाह्रो नै भात्… Read More
  • शालिकबच्चै छु भन्छु म हैन वालिग भइस भन्छन दुइ चार कुरा बोल्यो कित मालिक भइस… Read More
  • जुँगाकहिले हलुङ्गी फुलको, थुङ्गा झै भएर आयौ कहिले गरुङ्गी तिमि, ढुङ्गा झै … Read More
  • कामतनको मैलो मनको मैलो धुनु पनि छ भित्र पिडा लुकाइ बाहिर खुशी हुनु पनि … Read More
  • मुक्तक मेलानिशामा निशा जोड्दा दिप्ती बन्दछ, शुन्यमा शुन्य जोड्दा प्राप्ति बन्दछ, … Read More

1 comment: