Saturday, May 1, 2010

गीत

गीत
उदास थियो घरको दैलो रुँदै थियो खरको छाना
तिमीलाई नै सोध्दै थिए गाँउघरका सबैजना ।।

बाटुलीले भन्दै थिइन्, सम्झि रुन्छु अधेंरीमा
हाँसो छैन हाँसो जस्तो, पानी छैन पधेंरीमा
माईला बाजे भन्दै थिए, गाँउ छैन गाँउ जस्तो
माझी बिना भूमरीमा तैरीएको नाउ जस्तो


चौतारीले भन्दै थियो झार पलायो काख माथि
छाँया बस्ने कोहि छैन,टाढा भयो हितको साथी
गोरेटोले भन्दै थियो, छाती माथि लेउ लाग्यो
पाराई आँउछ परेड खेल्दै आफ्नो भन्ने छेउ लाग्यो ।।

Friday, November 27, 2009

गीत

गीत
कुन्नि कहाँ बिग्र्यो हाम्रो, पिरतीको हिसाब किताब
न त भयो वार पार, न मिल्यो न्याय निसाफ

भुल्यौकीत जोड्न केहि गुणहरु मेरा
बिर्सियौकी घटाउन केहि दोषहरु तिम्रा
हैन भने कता बिग्र्यो पिरतीको हिसाब किताब
न त भयो वार पार, न मिल्यो न्याय निसाफ

भएन कि भाग गर्दा दुबैलाई बराबरी
मिलेनकी गुणान गर्दा तल माथि नानाथरी
हैन भने कता बिग्र्यो पिरतीको हिसाब किताब
न त भयो वार पार, न मिल्यो न्याय निसाफ

Thursday, November 19, 2009

गीत

गीत
भाइलाइ टोपी किन्दिएं बाबालाइ गलबन्दी
दिदिलाइ पछेउरी किन्दिन्छु आमालाइ चौबन्दी
बैनिले जामा किन्दिनु भन्थी
प्रियालाइ के किन्दिनु खै कुन्नी

बानरसी सारी किन्दिन पाए, लाएर माइत जाँदी हौ
पस्मिना खास्टो किन्दिन पाए, पुषको जाडो फाल्दि हौ ।
एकै थोक किन्दिन पनि, कत्तिमा मन छैन्
धेरै थोक किन्दिन पनि, खल्तिमा धन छैन ।

भाइलाइ टोपी किन्दिएं बाबालाइ गलबन्दी .................

मखमली टिका लैदिन पाए, निधार भरि सजाउथ्यौ होला
केही जोर चुरा किन्दिन पाए, हातमा छिनछिन बजाउथ्यौ होला
नकिन्दिउ भने नि धनसंग माया, जोखिन्छ झै लाग्छ
किन्दिउ भनेनि ऋणमा जीवन, पोखिन्छ झै लाग्छ

भाइलाइ टोपी किन्दिएं बाबालाइ गलबन्दी .................

बिष्णु प्रवा सापकोटा

Saturday, November 7, 2009

गीत

गीत
कुन्नि कहाँ बिग्र्यो हाम्रो, पिरतीको हिसाब किताब
न त भयो वार पार, न मिल्यो न्याय निसाफ

भुल्यौकीत जोड्न केहि गुणहरु मेरा
बिर्सियौकी घटाउन केहि दोषहरु तिम्रा
हैन भने कता बिग्र्यो पिरतीको हिसाब किताब
न त भयो वार पार, न मिल्यो न्याय निसाफ

भएन कि भाग गर्दा दुबैलाई बराबरी
मिलेनकी गुणान गर्दा तल माथि नानाथरी
हैन भने कता बिग्र्यो पिरतीको हिसाब किताब
न त भयो वार पार, न मिल्यो न्याय निसाफ