Monday, August 29, 2011

मुक्तक

मुक्तक
~१~
"छोरो सज्जन बनाउछु" हरेक बुवाको सपना हुन्छ
"उडेर आकाश छुन्छु" सिमल भुवाको सपना हुन्छ
सपना नहुने त के चिज होला र यो दुनियाँमा-
"बढेर सागर हुन्छु" सानो कुवाको सपना हुन्छ ।

~२~
आकाश एकनास रुन्छ भनेनी हुन्छ
सारा धर्तीको मैलो धुन्छ भनेनी हुन्छ
सावनलाई बुझ्ने तरिका बेग्ला बेग्लै-
उदासीमा धर्ती छुन्छ भनेनी हुन्छ ।।

~३~

हिमालहरु अझै अग्ला हुनेछन्
आधा जती छन सग्ला हुनेछन्
पाखुरामा जाँगर फल्दाको दिन-
झुपडीहरु सबै बंगला हुनेछन् ।।