Advertisement |
आकाशमाथि विश्वास गर दर्किनेछ कुनै दिन
त्यो बगेकै खोला होस् फर्किनेछ कुनै दिन
उल्टो-सुल्टो सुल्टो-उल्टो हुनेछ अवश्य
झुपडीसंग महल थर्किनेछ छ कुनै दिन ।।
~2~
सारा ग्रन्थहरुको सार नपढेसम्म
साहसी पाइलाहरु अधि नबढेसम्म
आँफूभित्रैको मान्छे जगाउन गाह्रो रैछ-
आँफूबिरुद्ध आफैं युद्ध नलडेसम्म ।।
~3~
कहिलै पनि नजितेको बाजी हूँ म
कहिलै काजी हुन नसकेको पाजी हूँ म
भुमरीमा डुङगा छ। भेलबीच साउनको–
एक्लै किनारामा उभिएको माझी हुँ म ।।
~4~
हिंड्दा-हिंड्दै बाटो भासियो कि कसो ?
शरीरभरि एजेरु टाँसियो कि कसो ?
धेरै भयो आँउछु भनी झुक्याएको तिम्ले-
साँच्चै गाँउको चोखो माया मासियो कि कसो ?
हावाले नै शीतलता दिन्छ, हावाले नै उडाउँछ पनि
पानीलेनै तिर्खा मेट्छ पानीलेनै फेरि बगाउँछ पनि
उज्याला अँध्यारा पाटाहरु कस्का हुदैनन् र माईली–
आगोले नै न्यानो दिन्छ फेरि आगोले नै डढाउछ पनि ।।
~6~
'बिनाबर्सात नै बाढी आयो' भन्यौ तिमीले
पिच रोडबीचमै झाडी आयो भन्यौ तिमीले
कनिकुथी लेखेको एउटा मुक्तक सुनाउँ भनेको
छेउ नपुग्दै साला गफाडी आयो भन्यौ तिमीले ।।
कनिकुथी लेखेको एउटा मुक्तक सुनाउँ भनेको
ReplyDeleteछेउ नपुग्दै साला गफाडी आयो भन्यौ तिमीले ।।
.......................... सबैले यस्तै भने भने त खतम हुन्छ नि बिष्णु जी ......मिठो ///////