Tuesday, April 2, 2013

डाइलग

 डाइलग


उसका र मेरा धेरै कुरा मिल्दा जुल्दा छन । उ, म जस्तै लेख्न रहर गर्ने झुर कवी हो। उसको र मेरो जीवन उस्तै असरल्ल छ । उसको र मेरो ऋण पनि बराबर नै छ जस्तो लाग्छ ।

सधै बाटोमा भेट्ने बित्तिकै उसले मलाई केही झुर रचना सुनाउथ्यो । तर मेरो रचना सुन्न परे फुर्सद हुँदैनथ्यो उसलाई । उसको रचना सुनेर मैले सधैं झुठो टिप्पणी गर्थें-'खुब राम्रो छ यार' ।

आजको कुरा बेग्लै थियो । उसले मलाई भेट्ने बित्तिकै भन्यो- 'अब म लेख्न छोडिदिन्छु । मेरो लेखाइमा कुनै दम छैन । आखिर मेरो रचना मनै देखी मन पराउने पनि त को छ र । मेरो लेखाइ राम्रो भए कम्तीमा दसवटा रचना प्रेसित गर्दा एउटा त छाप्थ्यो होलानी पत्रीकाको सम्पादकले । म त वास्तबमै झुर लेखक हुँ । '

उसलाई बोल्दा बोल्दै खोकी लाग्यो । उसले खोक्दै गर्दा मैले मनमनै भने-'ठिकै सोचिस भाई। तं पनि म जस्तै लेखी खाने मान्छे होइनस। अरु कुनै पेसा अङगाले चाडै ऋण तिर्थिस बरु। '

खोकी रोकिए पछी उसले भन्यो 'हिजो मैले लेखेको नाटकको एउटा डाइलग हो यो, कस्तो लाग्यो तिमीलाई?'