कबिता


जागिरको खोजिमा

दुर दुर देखी 
समयले 
म बाबुराको ठेगानामा 
दिन दिनै 
फेशनेबल सपनाहरु 
पाहुर पठाइ रहन्छ ।

समहाल्नै नसक्ने गरी
सपनाहरु
थुप्रिएर अनगिन्ती भइसकेछन !

म नदी किनारमा
मेरा जम्मै प्रिय सपनाहरुलाई
प्रेम पुर्वक तिलान्जली दिंदै
एउटा सनातन सपनाको खोजी गरिरहेछु
जो बन्न सक्छ
एउटा डुंगा वा
एउटा साँघु!

किनकी
मलाई
तर्नु छ नदी
र पुर्याउनु छ
एक टुक्रा रोटी
नदी पारी
बर्सौ भोकै बसिरहेकी
मेरी आमालाई !

~ बिस्नु प्रवा सापकोटा
दमेक-१, बाग्लुङ

0 comments: