Advertisement |
आफूलाई खुब जान्ने छु भन्ठान्थ्यो मोरो । खाली आफ्नो स्वाभिमानको कुरा गथ्र्यो । राष्ट्रका कुरा, समाजका कुरा गर्दा धोती फुस्केको थाहा पाउँदैनथ्यो । खाली देश, समाज विकास, उन्तति वस् । उसले यो बाहेक केही सोच्थ्यो भने मेरो बारेमा सोच्थ्यो होला । नत्र खाली त्यही बासी कुरा । मलाई यस्तो मान्छे भनेपछि मुखैमा थुकेर हिँडुँजस्तो लाग्थ्यो । आफ्नो बारेमा आफ्नो परिवारको बारेमा, सन्तानको बारेमा कहिले सोच्ने फुर्सद हुँदैन, खाली देश, समाज.........।
ऊ मरेछ एकाबिहानै रातोपुल स्थीत हेम्स् स्कुल अघि गाडीले किचेर । उसको शरीर लथालिङ्ग भाको छ रे । तैपनि उसको लास उठाउन दिएका छैनन् रे स्थानीयबासीले । भर्खर समाचार सुनेर थाहा पाएँ मैले । एफ्. एम. मा पनि आफ्नै आफन्त रैछन् क्यारे त्यसैले उसको मृत्युलाई खुब महङ्खव दिएर समाचार बनाइरहेका थिए, कहिँ केहि समाचार नपाएजस्तो । अरु समाचार छैनन् कि क्याहो सञ्चार माध्यमहरुमा । जाबो एउटा मान्छेलाई गाडीले किच्दा समाचार बनाउनुपर्ने । एउटा एफ्. एम्.ले त अझ बरिष्ठ साहित्यकार भनेर पो फुक्यो । मलाई त अचम्म पो लाग्यो उसले के लेख्न जान्या थियो र आफ्नो बारेमा बाहेक । लेख्ने नै हो भने त उसले भन्दा दशगुणा बढी राम्रो म पनि लेख्न सक्थें होला ।
म ऊसँग यतिविधि निच्चिनुमा पनि कारण छ । उसको कोठा र मेरो कोठा आमसे सामने थियो । ऊ बिहान उठ्थ्यो मैतिर हे¥थ्यो । साँझ स्कुलबाट फर्किन्थ्यो मैतिर हेथ्र्यो । मलाई भने उसका घिनलाग्दा आँखाले हेर्दा पनि घृणा जागेर आउँथ्यो । उसका दुबै आँखा फुटाइदिऊँ जस्तो लाग्थ्यो ।
मेरो वरिपरिका छर छिमेका सबैले भने उसको प्रशंसा मात्र गर्थे । कति न कतै खोट नभए जस्तो । म भने उसको प्रशंसा गर्ने एउटा वस्तु सम्म पनि भेटाउँदैनथें । न हेर्दा राम्रो छ, न कुनै राम्रो खुबी छ, न त कुनै राम्रो जागिर । जाबो एउटा बोर्डिङ स्कुलको मास्टर न हो त्यो । विचरा के पढाउन जानेहोला त्यसले । त्यो स्कुलको प्रिन्सिपलका पनि आँखा फुटेका रैछन् कि क्या हो ? नत्र त्यस भित्र के देखेर जागिर दिए होला ?
रुपको कुरा गर्दा कुरुपहरुको प्रतियोगिता गर्ने हो भने ऊ कहिल्यैं सेकेन्ड हुदैनथ्यो होला ।
कहिलेकाहिँ वरिपरि कोठामा बस्नेहरुले भन्थे तेरो बिहे गर्ने उमेर पनि पुग्यो अब बिहे गर न वाई । को संग विहे गर्ने ? कस्तो संग विहे गर्ने ? कहिले विहे गर्ने? यि प्रश्नको उत्तर खोज्दा कुरै कुरामा नाम आउथ्यो विस्नु । जब उहीहरु यो नाम उच्चारण गर्थे म उनीहरुलाई अदेश दिन्थें । तुरुन्त कोठा छोड्न भनेर ।
लाज नभएको नकचरो मेरो छेउ प¥यो कि बोल्न खोजिहाल्थ्यो । म भने मुख फर्काएर हिंड्थें । कति चोटि उसलाई हप्काएँ मैले तर ऊ चुपचाप सहन्थ्यो र हिंड्थ्यो त्यो दिन । अर्को दिन फेरि नजिक प¥यो कि बोलाई हाल्थ्यो । मलाई वाक्क लागेर डेरा नै अन्त सारौं कि भनेर कयौं पल्ट नसोचेकी पनि होइन तर भनेजस्तो कतै नपाइने फेरि ।
अब त ऊ अर्थात् विस्नु प्रवा सापकोटा म¥यो । अब उसको बोली सुन्नु परेन । डेर सर्नु पनि परेन । आनन्द भो ।
त्यो दिन म खाना खाएर अफिसतिर जाँदै थिएँ । मेरो अफिस गौशाला वानेश्वरबाट माइक्रो चढेर जानुपर्ने । बाटो पूरा जाम । रातो पुल त बल्ल बल्ल पुगें, तर त्यसभन्दा अगाडि त बाटो बन्द । कारण उही थियो, विस्नु प्रवा सापकोटाको मृत्यु । मान्छेहरु उसको प्रशंसा गर्दै हिंडिरहेका थिए ।
उसको लास त्यहिँ थियो छरपस्ट यता उता रगत बगेको थियो । रातो रगत जमेर कालो भइसकेको थियो । टाउको प्वाट्ट फुटेर बेहाल थियो । उसले लगाएको खैरो पाइन्ट, कालो रंगका तर दुईथरी चप्पल । कालो पृष्ठभूमिमा सेतो धर्काे भएको कमिज लगाएको उसको शरिरमा चुस्स परेको दाह्री जुँगा थिए । उसका आँखाले एकोहोरो आकाशतिर हेरिरहेका थिए । म ऊ म¥यो भन्ने कुरामा शड्ढा मान्दै हिंडें ।
ऊ मरेर मलाई एक पैसा नाफा नभएपनि ऊ बाँचेको भए मलाई थुप्रै घाटा अवश्य हुन्थ्यो । एक मन म मरेको मान्छेलाई गाली गर्दै अर्को मन मार्ने मान्छे धन्यवाद दिदैं म एक्लै अफिस तिर लागें ।
२–४ दिन पछि उसको भाइहरु पनि कोठा सरे । उसको कुरुप घिनलाग्दो आकृति मबाट हराउँदै जान थाल्यो । तर ऊ हुँदा म अशान्त हुन्थें । ऊ मरेपछि पनि म त्यति सजिलै शान्त हुन सकिन ।
आज मेरो जन्म दिन रहेछ । त्यो पनि एकाबिहानै एउटा कुरियरबाट आएका पार्सल भित्रको चिठी पढेर थाहा भयो । कुरियरबाट फोन आए पछि मेरो बहिनीले गएर पार्सल लिएर आई । मैले कसले पठाएको होला भनेर सोचिरहेंको थिए पार्सल नखोलुन्जेल । खोलेर हेरे पछि थाहा लाग्यो पार्सल त्यही बिस्नुको भाईले पठाएको रहेछ उसको दाजुले नर्मदै मेरो जन्म दिनलाई भनेर कारेका केहि तस्विरहरु र चिठी समेटेर ।
चिठी भित्र एउटा पुरानो फोटो र एउटा तेल रंगको चित्र थिए । त्यो पुरानो फोटोकी केटी जो गुन्यु चोली लगाएकी थिई, ठीक मजस्तै थिई । जिन्सको पाइन्ट र टिसर्टमा ठाँटिएकी म तेल रंगको चित्रमा मुस्कुराइरहेकी थिएँ । म आफ्नो रुप हेरेर आफैं दङ्ग परें । अहा कस्तो राम्रो चित्र कोरेको । कस्ती राम्री म । मभित्र अनेक खुल्दुलीहरु बढ्न थाले । कसले बनाए होला यति राम्रो चित्र । कहाँ होला यस्तो राम्रो चित्रकोर्ने चित्रकार? म उत्तर पाउन आतुर थिएँ । त्यसैले हतार हतार चिठी खोलें, चिठी यस्तो थियो ।
मेरी जिउँदी आमा ढोग,
म विस्नु प्रवा सापकोटा । तपाईंले नजन्माएको, माया नगरेको तर आफूलाई तपाईंको छोरा भन्न रुचाउने मान्छे । तपाईंलाई कसैले संसारमा कसलाई बढी घृणा गर्छाै भनेर सोध्यो भने तपाईंको उत्तर विष्नु प्रवा सापकोटा हुन्छ भन्ने कुरामा मलाई शतप्रतिशत विश्वास छ । तर ठीक उल्टो मलाई कसैले संसारमा सबैभन्दा बढी माया कसको लाग्छ भनेर सोध्यो भने तपाईंको नाम नै उत्तर हुनेछ । हुन त तपाईं र म उमेरले सँगसँगैका हौंला । यो उमेरमा माया भनेको ठिटाले ठिटीलाई गर्ने मायाकोे अर्थ लाग्न सक्छ । तर मेरो मायाको अर्थ फरक छ ।
आजभन्दा दश वर्ष अघि मेरो आमालाई कसैले बलात्कार गरेर हत्या ग¥यो । कुनै पापीको पाप कर्मले गर्दा म सधैंभरको लागि टुहुरो बनें ।
मान्छेलाई खै किन भएको भन्दा नभएको चिजको बढी चाह हुँदो रै छ । आज पनि आफ्नी आमा सम्झिँदा मेरो आँखामा आँसुको साउने त्रिशूली बग्न थाल्छ । आज आफ्नी आमाका धुमिल स्मृति र केही पुराना फोटाहरु बाहेक केही बाँकी छैनन् ।
तर जुन दिन मैले तपाईंलाई देखें, मैले मेरी गुमाएकी आमालाई फेरि पाएं जस्तो लाग्यो । म हरेक दिन तपाईंको अनुहार हेरेर आफ्नी आमाको मुहार र माया अनि स्नेहको अनुभूति गर्थें । सधैं म तपाईंसँग बोल्न खोज्थें । तर तपाईंले खै मलाई के सम्झनुहुन्थ्यो कुन्नि सधैं गाली गर्नुहुन्थ्यो । खैर केही छैन । म तपाईंको गालीलाई म आँफु सानो छँदा अर्काको फुलबारीमा सुन्तला चार्न जाँदा आफ्नी आमाले गरेको गाली जस्तै सम्झन्थें ।
हुन त यो चिठी मैले नलेखेको भए पनि हुने । यसको कुनै अर्थ छैन । तैपनि तपाईंको चित्र जो मैले मेहेनत गरेर कोरेको थिएँ र मेरी आमाको फोटो तपाईंलाई देखाउन मन लागेर मात्र यी सबै कुरा तपाईंलाई तपाईको जन्मदिनको दिन उपहार स्वरुप पठाएको छु । हेर्नुस् त मेरी आमा तपाईं जस्तो हुनुहुन्न र ? नराम्रो लागे च्यातेर फालिदिनुस है ।
सायद तपार्इंले यो चिठी पाउँदा म यो ठाउँबाट डेरा सरिसकेको हुनेछु होला तर पनि म तपार्इंलाई सधैं सम्झिरहनेछु । तर तपाईंले सोचेजस्तो नराम्रो मान्छे म हैन कि ?
अन्त्यमा तपाँई लाख बर्ष बाच्नुहोस् मेरो आयु पनि तपाँईलाई, जन्मदिनको उपलक्ष्यमा मेरो कोटी कोटी शुभकामना ।
उही
सधैं अनुहार देखाइरहने पराइ मान्छे
मलाई चिठी पढेपछि रिंगाटा लाग्ला जस्तो भयो । मैले आफ्नो संसार घुमिरहेको देखें । बिचरा ऊ चिठीमा जस्तो डेरा मात्र हैन, यो संसार नै छोडेर टाढा गइ सकेको थियो । मैले भगवान्सँग सयौं पल्ट माफ मागें, तर मलाई माफी दिने मान्छे यो दुनियाबाट पऽऽऽऽऽर थियो ।
that is good story i like it
ReplyDeletesir,kasto marmik katha lekhnubhayeko.mailee pani yo katha padne mouka paya yakdamai rochak ra marmik cha malai pani yestai lekhna
ReplyDeletesikaununaa.