Friday, May 5, 2017

नेपाली खेलकुद र अर्थतन्त्र

ad300
Advertisement

विस्नु प्रवा सापकोटा 


खेलकुदको अर्थतन्त्रमा बहुआयामिक प्रभाव हुन्छ । अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पाएको सफलताले देशको प्रतिष्ठा बढाउने, राष्ट्रलाई एकताको सुत्रमा बाँध्नेमात्र हैन, देशको सामाजिक आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान गरेको हुन्छ । नियमित हुने खेलकुद गतिविधिले सामुदायिक स्वास्थ्यमा सुधार ल्याउँछन्, औषधी उपचारमा हुने अनावश्यक खर्च घटाउन मद्दत गर्दछन्, नेतृत्व बिकास, अनुशासित समाज निमार्णमा योगदान पुग्छ, व्यपार विस्तार, रोजगारीको सृजना, पर्यटन विकास तथा बैदेशिक मुद्रा आर्जनमा समेत सहयोग पुग्छ । विकसित देशले समग्र खेलकुद क्षेत्रलाई आर्थिक सामाजिक बिकासको महत्वपूर्ण साधनको रुपमा प्रयोग गरिरहेका छन् । तर नेपालको सन्दर्भमा खेलकुदलाई अर्थतन्त्रसँग जोडने प्रयाससम्म नभएको तितो यथार्थ हाम्रो सामु छ ।  

व्यवसायिक खेलाडी, खेल प्रशिक्षक, व्वस्थापक, फिजिसियनहरुले बेलायतको कुल रोजगारीको २.३ प्रतिशत क्षेत्रले ओगटेका छन् । बेलायतको अर्थतन्त्रमा खेलकुद क्षेत्रको हिस्सा नै १.९ प्रतिशत छ । ब्रजीलबाट करीब १० हजार युवा युरोपमा व्यवसायिक फुटबल खेल्छन । ब्रजिलभित्रै व्यवसायिक खेलाडिको संख्या उत्तिकै छ । छिमेकी भारतमै हजारौ युवाहरु व्यवसायिक क्रिकेट खेल्छन । नेपाल जस्तो देशमा पनि साना होस् या ठुला हरेक खेलकुद गतिबिधिले विभिन्न आर्थिक क्षेत्रमा फाईदा पु¥याएका छन् जस्तै लोकपृय अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरु आयोजना हुँदा नेपालमा पनि जर्सिको विक्रि हवात्त वढ्छ । ठुलो स्क्रिनमा खेल हेर्नेहरुको रेष्टुरेन्टमा भिड भाड हुन थाल्छ । नयाँ ब्रान्डको टिभिको विक्रि बढन् थाल्छ । स्थानीय स्तरमा स्वतस्फुर्त हुने खेलकुद गतिविधिले ग्रामिण अर्थतन्त्रलाई गतिशिल बनाइरहेको हुन्छ । साहसीक खेलकुदको विकासमा भएका सकारात्मक प्रयासले पर्यटन क्षेत्रलाई फाइदा पु¥याएको छ । 

नेपालमा खेलकुद विकासबाट आर्थिक लाभ प्राप्त हुन सक्ने अनेकौं सम्भावना छन् । तर सम्भावनालाई यथार्थमा परिणत गर्न सार्थक पहल भने हुन सकेको छैन । नेपालमा अन्तराष्ट्रिय स्तरका केहि क्रिकेट रंगशाला हुने हो र छिमेकी भारत र पाकिस्तान बीचका केही खेल आयोजन गर्न सकेको खण्डमा मात्रै नेपाललाई थुप्रै लाभ पुग्न सक्छ । व्यवसायिक खेलाडी उत्पादन गर्न सकेको खन्डमा छिमेकी देश लागायतका अन्य देशका विभिन्न प्रतियोगितामा खेलाडी, प्रशिक्षकले रोजगारी पाउन सक्ने सम्भावना रहन्छ । पर्यटन क्षेत्रको बिकासका लागि माउन्टेन साइकिलिङ, प्याराग्लाइडिङ, र्फ्टिङ, वन्जीजम्पजस्ता साहसिक खेलहरु कोशेढुङ्गा साबित हुन सक्छन । सबैभन्दा महत्वपूर्ण कुरा नियमित हुने खेलकुद गतिविधिले स्वस्थ र अनुशासित नागरिक तयार भई राज्यको सूरक्षा र स्वास्थ्यमा हुने खर्चमा कमि आउन सक्छ । 

नेपालले खेलकुद विकासको प्रयास नै नभएका भने हैनन् तर आजका मिति सम्म पनि खेलकुदको विकास पूर्वाधार निर्माण गर्ने नीति तथा योजनाकै वरिपरी घुमिरहेको पाइन्छ । अर्थमन्त्रि विष्णु पौडेल व्यस्थापिका संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३।७४को वजेटमा पनि मुलपानी लगायतका स्थानमा रंगशाला निर्माण गर्ने पुरानै कायक्रमलाई कपि पेष्ट गरिएको छ । तेह्रौ योजनाको खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउँदै मुलुकमा स्वास्थ्य मर्यादीत नागरीक तयार गर्ने दीर्घकालीन सोच र राष्ट्रिय खेलकुद नीति २०६७ को उद्देश्यलाई अध्ययन गर्दा पनि राज्यले खेलकुदको आर्थिक महत्वलाई नजरअन्दाज गरेको प्रष्ट हुन्छ । खेलकुदको विकासको लागि दर्जनौ संघ संथाहरु स्थापना भएका छन् । तर सबै संघ संस्था आन्तरिक विवाद, राजनैतिक खिचातानिको दीर्घ रोगले ग्रसीत छन् । संध संस्थाको व्वस्थापकीय क्षमता निकै कमजोर छ । खेलकुद सम्वद्ध निकायहरुबीच सहयोग समन्वय र सहकार्यको अभाव छ । खेलकुद एकेडेमी स्थापना गर्ने अनेकौं योजना अलपत्र छन् । खेलकुदको विकास गर्ने प्रणालीगत परिपाटीमा कमी छ ।  खेलकुद विकासको लागि निजी क्षेत्रलाई प्रभावकारी रुपमा परिचालन गर्न सकिएको छैन् ।

खेलकुदको सार्थक विकासको लागि सबैभन्दा पहिला राज्यले प्रयाप्त बजेटको व्यवस्था गर्नु पर्छ । द्रोसो महत्वपूर्ण कार्य खेलकुदकोलागि आवश्यक पूर्वाधार विकासमा जोड दिनु पर्छ । तेस्रो कुरा खेलकुदलाई अनिवार्यरुपमा शिक्षा प्रणालीसंग जोडनु पर्छ । चौथों पक्ष देशका सबै क्षेत्रमा नियमित खेलकुद गतिविधिको संचालन गर्नुका साथै खेलकुद गतिविधिको कुशल व्यवनस्थापनको लागि आवश्यक जनशक्तिको विकासमा जोड दिनु पर्छ । खेलकुद विकास गर्ने प्रणालीगत परिपाटी निर्माण गरि समग्र खेलकुद प्रणालीलाई पारदर्शि र उत्तरदायी बनाउनु जरुरी छ । खेलकुदको विकासको लागि केवल राज्य पक्षले मात्र गर्ने प्रयास प्रयाप्त हुँदैनन् । खेलकुदको विकासको हरेक क्षेत्रमा निजी क्षेत्रलाई पनि सहभागि गराउँनु पर्छ । राष्ट्रिय स्तरमा क्यालेन्डर बनाएरै नियमित खेलकुद गतिविधि संचालन गर्नु आवश्यक छ । खेलाडिको पारिश्रमीक र पोषणमा ध्यान जानु पर्छ । खेलकुद गतिविधि र सम्वद्ध संध संस्थालाई राजनीतिबाट अलग राखि अन्तर निकाय समन्वय, सहयोग र सहकार्यलाई जोड दिनु अनिवार्य भएको छ ।

अन्तमाः आजका मितिसम्म नेपालमा खेलकुदको विकासमा गरिएको लागानी भन्दा खेलाडि र प्रशिक्षकले आफ्नो मेहनेतले हाँसिल गेरेका केहि अन्तराष्ट्रिय सफलतामा उनिहरुलाई पुरस्कार वाँडन राज्यले बढि खर्च गरेको जस्तो देखिन्छ । त्यसैले अहिलेनै नेपाली खेलकुदले अर्थतन्त्रमा कति योगदान गर्छ भनेर हिसाव किताव गर्ने बेला आएको छैन् तर नेपाली खेलकुद क्षेत्रलाई आर्थिक सामाजिक बिकासको एक साधनको रुपमा लिएर सोहि अनुसार नीति तथा योजना बनाउँदै अधि बढनु आवश्यक भएको छ । 

Share This
Latest
Next Post

Pellentesque vitae lectus in mauris sollicitudin ornare sit amet eget ligula. Donec pharetra, arcu eu consectetur semper, est nulla sodales risus, vel efficitur orci justo quis tellus. Phasellus sit amet est pharetra

0 comments: