Wednesday, July 9, 2014

एउटा सम्झना

एउटा सम्झना
~कबिता~

एउटा सम्झना 

उजाड बगरको बलुवामा 
गोरा
साना
कोमल औँलाले
"आइ लभ यू" लेखेर
बुर्खुसी मारेका
एक जोर पैताला

रित्तो क्यान्भासमा
आसाका सुन्दर
सुनाखरीहरु कोरेर
भागेका
खिरिला औँलाहरु

जिजिविसा
बाचाइ राखेको
एउटा रुमानी मुस्कान

पहाडबाट
सलहका हुल
लखेट्न सक्ने
एउटा हाँसो

मेरो खुशी
अपहरण गरेर
मलाई सुपुर्दगी नगर्दै
अर्कैको अपहरणमा परेका
एक जोर आँखा

मैले हिंड्न चाहेर
हिडन नपाएको
एउटा बाटो

चुम्न चाहेर
नचुम्दै अर्कैले
टिपेको एउटा फूल

तिर्खा मेट्न
खोज्दा बित्तिकै
सुकेको एउटा धारो

आज बेहद याद आइरहेछ ।

~ बिस्नु प्रवा सापकोटा