Wednesday, July 9, 2014

एउटा सम्झना

ad300
Advertisement
~कबिता~

एउटा सम्झना 

उजाड बगरको बलुवामा 
गोरा
साना
कोमल औँलाले
"आइ लभ यू" लेखेर
बुर्खुसी मारेका
एक जोर पैताला

रित्तो क्यान्भासमा
आसाका सुन्दर
सुनाखरीहरु कोरेर
भागेका
खिरिला औँलाहरु

जिजिविसा
बाचाइ राखेको
एउटा रुमानी मुस्कान

पहाडबाट
सलहका हुल
लखेट्न सक्ने
एउटा हाँसो

मेरो खुशी
अपहरण गरेर
मलाई सुपुर्दगी नगर्दै
अर्कैको अपहरणमा परेका
एक जोर आँखा

मैले हिंड्न चाहेर
हिडन नपाएको
एउटा बाटो

चुम्न चाहेर
नचुम्दै अर्कैले
टिपेको एउटा फूल

तिर्खा मेट्न
खोज्दा बित्तिकै
सुकेको एउटा धारो

आज बेहद याद आइरहेछ ।

~ बिस्नु प्रवा सापकोटा
Share This
Next Post

Pellentesque vitae lectus in mauris sollicitudin ornare sit amet eget ligula. Donec pharetra, arcu eu consectetur semper, est nulla sodales risus, vel efficitur orci justo quis tellus. Phasellus sit amet est pharetra

Related Posts

  • मेरो दमेक कुनै शाहीद्को सम्झनामा मौन धारण गरिरहेको मान्छे जस्तै चुपचाप उभिइरहेक… Read More
  • गीतकुन्नि कहाँ बिग्र्यो हाम्रो, पिरतीको हिसाब किताब न त भयो वार पार, न म… Read More
  • माटो र मुटुमाटो जहाँ पहाडले चुल्ठोमा,गुराँस सजाएको हुन्छ जहाँ झरनाले पहरामा, बाज… Read More
  • मुक्तक मेरो साथ रहुन्जेल्, तिम्रो जिन्दगीमा कहिल्यै घाम लागेन मेरा हर उत्सवह… Read More
  • गीतभाइलाइ टोपी किन्दिएं बाबालाइ गलबन्दी दिदिलाइ पछेउरी किन्दिन्छु आमालाइ… Read More
  • साँझतिमीलाई कतै पर रोकेर आउछ साँझ तिम्रा यादहरु मात्रै बोकेर आउछ साँझ साँझ… Read More

1 comment: