Advertisement |
तिमीलाई नै सोध्दै थिए गाँउघरका सबैजना ।।
बाटुलीले भन्दै थिइन्, सम्झि रुन्छु अधेंरीमा
हाँसो छैन हाँसो जस्तो, पानी छैन पधेंरीमा
माईला बाजे भन्दै थिए, गाँउ छैन गाँउ जस्तो
माझी बिना भूमरीमा तैरीएको नाउ जस्तो
चौतारीले भन्दै थियो झार पलायो काख माथि
छाँया बस्ने कोहि छैन,टाढा भयो हितको साथी
गोरेटोले भन्दै थियो, छाती माथि लेउ लाग्यो
पाराई आँउछ परेड खेल्दै आफ्नो भन्ने छेउ लाग्यो ।।
बिष्णु प्रवा सापकोटाजी !!! तपाइको website हेर्ने अवसर पाएँ सारई खुशी छु गीत सरसर्ती पढें , सरल र स्पसट भाब सारै मन पर्यो , तर झट्ट हेर्दा पढ्दा तपाइलो गीत कता कता कविता हो कि जस्तो लाग्दो रहेछ , यदि शुरुको इस्थाई जस्तै तल्ल दुई अंतरापछिको लाईनहरु मिलाउनु भए सारै सुन्दर हुनेछ , भूल भए माफी चाहन्छु
ReplyDelete