Posts

नेपाली खेलकुद र अर्थतन्त्र

Image
विस्नु प्रवा सापकोटा 
खेलकुदको अर्थतन्त्रमा बहुआयामिक प्रभाव हुन्छ । अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पाएको सफलताले देशको प्रतिष्ठा बढाउने, राष्ट्रलाई एकताको सुत्रमा बाँध्नेमात्र हैन, देशको सामाजिक आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान गरेको हुन्छ । नियमित हुने खेलकुद गतिविधिले सामुदायिक स्वास्थ्यमा सुधार ल्याउँछन्, औषधी उपचारमा हुने अनावश्यक खर्च घटाउन मद्दत गर्दछन्, नेतृत्व बिकास, अनुशासित समाज निमार्णमा योगदान पुग्छ, व्यपार विस्तार, रोजगारीको सृजना, पर्यटन विकास तथा बैदेशिक मुद्रा आर्जनमा समेत सहयोग पुग्छ । विकसित देशले समग्र खेलकुद क्षेत्रलाई आर्थिक सामाजिक बिकासको महत्वपूर्ण साधनको रुपमा प्रयोग गरिरहेका छन् । तर नेपालको सन्दर्भमा खेलकुदलाई अर्थतन्त्रसँग जोडने प्रयाससम्म नभएको तितो यथार्थ हाम्रो सामु छ ।  
व्यवसायिक खेलाडी, खेल प्रशिक्षक, व्वस्थापक, फिजिसियनहरुले बेलायतको कुल रोजगारीको २.३ प्रतिशत क्षेत्रले ओगटेका छन् । बेलायतको अर्थतन्त्रमा खेलकुद क्षेत्रको हिस्सा नै १.९ प्रतिशत छ । ब्रजीलबाट करीब १० हजार युवा युरोपमा व्यवसायिक फुटबल खेल्छन । ब्रजिलभित्रै व्यवसायिक खेलाडिको सं…

रातो रुमाल

रातो रुमाल 

म सँगएउटा रातो रुमाल थियो मेरो थोत्रो आस्कोटको खल्तीमा पसिनाको गन्ध सुँघेर रमाउथ्यो  म किसानको एउटै सारथी  एउटै सपना  एउटै साहारा एउटै आशा  त्यै रातो रुमाल थियो .
त्यही रुमालमा बुनिएका थिए मेरो आकाशका जुन ताराहरु  त्यही फुलेको थियो  मेरो धर्तिको सबैभन्दा सुन्दर फुल 

म थाके भने उकालीमा  राता घामले पाके भने  मेरो पसिना पुछिदिन्थ्यो  सितलता हम्कीदिन्थ्यो 
उ मेरो सिरानी थियो  मेरो सिरक थियो  म रुदा भिज्थ्यो मसंगैमेरो आँशु पुछिदिन 

हावामा फर्फाराउदै  उ मेरो हरेक जीतमा उत्सव मनाउथ्यो 

तर एकदिन  मेरो खल्तीबाट  एक्कासी हरायो मेरो रातो रुमाल 

पछी थाहा पाएँ  कसैले मेरो रुमाल शहर लगेको छ सोंचे शहर पुगे पछी   मेरो रुमालबाट हरायो होला पसिनाको गन्ध छर्किएहोला कुनै महँगो बिदेशी अत्तर र सजाइए होला नयाँ सुटको खल्तिमा ।  

कालन्तरमा  एक दिन म दुखी किसानलाई  युरिया मल खोज्न शहर पुग्ने अबसर मिल्यो । 

त्यही बेला मैले फेरी भेटें मैले हराएको मेरो रातो रुमाल

शहरका साँप जस्ता सडकको लम्बाइ

फेसबुकमा गाँउको तस्बिर

Edit फेसबुकमा गाँउको तस्बिर
PublicFriendsOnly MeCustomClose Friendsसाहित्य सञ्जाल नेपाल ।See all lists...Universal CollegeKathmandu, Nepal AreaBaglung AreaStudentPandulipi Books Pvt. Ltd.Freelance Writernibanda.blogspot.com/collegeFamilyGo Back म भित्र
सम्भावानाका ढोकाहरु बन्द छन भन्ठानेर
शहर बसेका
मुग्लान पसेका
मेरै कोखका उत्पादनहरु
आक्कल झुक्कल
पर्यटक झै म कहाँ आइपुग्छन
एक सागर पसिनासँग साटेको
एउटा क्यामरा बोकेर

त्यसैले खिच्छन मेरो तस्बिर
अनि हतार हतार
फर्काउछन उनिहरुका बाङगा पैतालाहरु
उतै,
सपनाको देशतिरै

सहर पुगेर
त्यहि तस्बिर
टाँसिदिन्छन
फेसबुकको भित्तोमा

र तस्बिरलाइ
साइबर भूगोलका जनहरुले
लाइक ठोक्छन
कमेन्ट खासल्छन
'आहा! कस्तो राम्रो गाँउ'

मेरा सन्तान
तिनै कमेन्ट हेरेर मख्ख पर्दै
निकोटिनले पहेलिएको ओठ्को आगनमा
बिदेशी मुद्राले किनेको मुस्कान
प्रदर्शन गर्छन 

के दिन आयो यस्तो?
मेरै सन्तानलाई
म भन्दा क्यामरामा कैद
मेरो तस्बिर प्यारो लाग्न थाल्यो ।

यो चैत्रको खडेरीमा
आफ्नै सन्तानले
फेसबुकको भित्तोमा टाँसिदिएको
आफनै तस्बिर हेरेर
आफैलाई प्रस्न गर्छु:
मेरो घरको पिढी किन मेरै सन्ता…

एउटा यात्रा

एउटा  यात्रा ..... 
एक जोर लुगा हाल्न सके अलिकती अन्न र अलिकती नुनको जोहो गर्न सके यो जाडो भरिओठबाट मुस्कानले  भुइ झर्ने आँट गर्दैनथ्यो ।
अलिकती मट्टितेल ल्याउन पाए साँझमा घर अँध्यारो त हुन्थेन । 
पुग्नु पर्ने टाढा छ । 
हजुरबुवा मलाई मध्यरातमै  उठाएर भन्नु हुन्थ्यो  बाबु! उठ हिंड्ने बेला भो 
म भन्थें यो औँसिको कालो रात न टर्च लाइट छ न उज्यालो दिने अरु केही चिज बाटो निकै अफ्ठ्यारो छ बिहान उज्ज्यालो भएपछी हिड्दा हुँदैन हजुरबा?
हजुरबा मलाई सम्झाउनु हुन्थ्यो हेर बाबु!   हर लामो यात्रा अँध्यारोमै सुरु हुन्छ  अँध्यारोमै अफ्ठ्यारोमै हिंड्ने आँट गरे पो उज्ज्यालो बोकेर फर्किन पाईन्छ घर    उज्यालो होला र हिडुला भन्नेहरुलाई   गन्तब्यमा नपुग्दै अर्को अँध्यारोले छोपीसक्छ । 
पुग्नु पर्ने टाढा छ । 
हजुर बुवा मलाई मध्यरातमै  उठाएर भन्नु हुन्थ्यो बाबु! उठ हिंड्ने बेला भो  हर लामो यात्रा अँध्यारोमै सुरु हुन्छ ।  
©बिस्नु प्रवा सापकोटा  दमेक -१, बाग्लुङ 
२०७० श्रावण १७

A Portrait in the Mirror of Memory

Perhaps, it was 30th of Poush 2058 B.S, Mr. Y.N Sharma was teaching us Compulsory English. He had worn a black cotton pants and dark blue sweater. His shiny black shoes were well polished. With his delightful personality, he had a commanding, captivating presence in the classroom. His calligraphy was famously illegible. He would check student’s assignments regularly with his bold red pilot pen. A number of girls in the class insisted that Mr. Sharma is indescribably sexy and have raging crushes on him. 
I was sitting at the desk by the window and watched the Theule Khola flowing incessantly. As far as I remember, Mr. Sharma was revising a short story by Anton Chekhov entitled “About Love” for the upcoming examination. The entire class was listening to Mr. Sharma. But I wished the class had been over because there was nothing new for me, I had already prepared the chapter well.
When Mr.Sharma dropped his chalk on the blackboard ledge, students started to complain about the…

एउटा सम्झना

~कबिता~

एउटा सम्झना 

उजाड बगरको बलुवामा 
गोरा
साना
कोमल औँलाले
"आइ लभ यू" लेखेर
बुर्खुसी मारेका
एक जोर पैताला

रित्तो क्यान्भासमा
आसाका सुन्दर
सुनाखरीहरु कोरेर
भागेका
खिरिला औँलाहरु

जिजिविसा
बाचाइ राखेको
एउटा रुमानी मुस्कान

पहाडबाट
सलहका हुल
लखेट्न सक्ने
एउटा हाँसो

मेरो खुशी
अपहरण गरेर
मलाई सुपुर्दगी नगर्दै
अर्कैको अपहरणमा परेका
एक जोर आँखा

मैले हिंड्न चाहेर
हिडन नपाएको
एउटा बाटो

चुम्न चाहेर
नचुम्दै अर्कैले
टिपेको एउटा फूल

तिर्खा मेट्न
खोज्दा बित्तिकै
सुकेको एउटा धारो

आज बेहद याद आइरहेछ ।

~ बिस्नु प्रवा सापकोटा
~ असार~
सुरक्षाकर्मीको लाठ्ठिचार्ज पछी तितर बितर भएर भागीरहेको भिड झैं बादलका झुण्डहरु आकाशको ओल्लो चोक र पल्लो चोक भागीरहेछन ।
आफ्नो जवान लोग्ने मरेको खवरले डाँको छोडेर रोइरहेकी  युवती झैं मेघ गर्जन सहित बर्षाका बुँदहरु   झरिरहेछन र हिलाईरहेछन धर्ती भर्खर बुहारीले पोतेको आलो पिडीं झैं ।
बढी चिया पत्ति हालेको दुध चिया जस्ता बाढिका लहरहरु टिल्ल भएर घर फर्कदै गरेको जड्यहा झैं यता उता कुदिरहेछन् र चाटिरहेछन पहराको खिया ।
आफ्नै नङग्राले चोथिरेर रक्ताम्मे पारेको कुनै बहुलाहको अनुहार जस्तै   पैरोले कोतरेको छ पाहाड ।
बैष्णवको निधारमा टल्कीने सेतो तिलक जस्तै सेता खहरेहरु पहाडको छातीबाट झरिरहेछन ओरालै ओरालो ।
छिपछिपे पानी भरिएको आफ्नै जिन्दगी जस्तो   बाँझो खेत जोतीरहेछ हली दाई र जिन्दगीका सुख दुःख जस्ता थुम्का थुम्कीहरु सम्माईरहेछन बाउसेहरु र असारे भाका सुसेल्दै सपना रोपिरहेछन खेतालाहरु ।
दमको रोगले थलिएर मरेका साईला बाजेलाई धाट पुराउन भन्दा खेत हिलाउन बढी हतार छ गाँउलेलाई किनकी यो असार हो ।  
~ बिस्नु प्रवा सापकोटा

मानचित्रमा नाम मेटिन लागेको एउटा गाँउ

मानचित्रमा नाम मेटिन लागेको एउटा गाँउ म त आफ्नै आँगनमा मृत्यु पर्खिरहेको 
पश्चिमको एउटा घाम 
मानचित्रमा नाम मेटिन लागेको एउटा गाँउ 
म संग रंगीन सम्झना 
ब्ल्याक एन्ड ह्वाइट बर्तमान र
केहि अनुत्तरित प्रश्न बाहेक केहि छैनन्।

मलाई थाह छैन
कस्ले भन्यो घामलाई बिहान मेरो धारोमा मुख धुन नआउनु भनेर ?
कसले अपहरण गर्यो डाँडाको चेपमा दुई खुट्टा उभाएर
बैसको उन्दाद पिउने इन्द्रेणीलाई?
कसले आदेश दियो गाँउको पात्रोबाट फागु पूर्णीमा हटाउन ?
कस्ले रोक्यो मेरो भिरालो कोप्चामा सुनाखरी फुल्न ?
कस्ले छिरायो आधुनिकताको भाईसर यि खोलाहरुमा?
कता बसाँइ सरे चराहरु?
किन खेल्दैन शितलहावाले पातहरु संग लुकामारी ?
यो माटोमा आजभोली किन उव्जिदैन अन्न?
अन्नको सट्टा बारीका झारहरु
किन सुनाउछन शोक गीतका केहि अन्तराहरु हावालाई ?
मेरो छातिलाई डोजरका नङराले चिथोरेर
आफ्नो राजमार्ग बनाउनेहरु को हुन ?
कस्ले झोस्यो खरको छानामा डढेलो ?
कस्ले खोस्यो मेरो हरियो बैभवता?

जवाफ छैनन् यी प्रश्नहरुको
कसलाई सोधुँ जवाफ रु
फोन गर्न वा यस यम यस पठाउन पनि
चराहरुको मोवाइल नं छैन म संग
न यो आधुनीकताको भाइरस हटाउने
भ्यालीड एन्टीभाइसर छ

एक मन सोच्छु
यति विध्न गर्ने आँट आफ्नै …

डाइलग

उसका र मेरा धेरै कुरा मिल्दा जुल्दा छन । उ, म जस्तै लेख्न रहर गर्ने झुर कवी हो। उसको र मेरो जीवन उस्तै असरल्ल छ । उसको र मेरो ऋण पनि बराबर नै छ जस्तो लाग्छ ।

सधै बाटोमा भेट्ने बित्तिकै उसले मलाई केही झुर रचना सुनाउथ्यो । तर मेरो रचना सुन्न परे फुर्सद हुँदैनथ्यो उसलाई । उसको रचना सुनेर मैले सधैं झुठो टिप्पणी गर्थें-'खुब राम्रो छ यार' ।

आजको कुरा बेग्लै थियो । उसले मलाई भेट्ने बित्तिकै भन्यो- 'अब म लेख्न छोडिदिन्छु । मेरो लेखाइमा कुनै दम छैन । आखिर मेरो रचना मनै देखी मन पराउने पनि त को छ र । मेरो लेखाइ राम्रो भए कम्तीमा दसवटा रचना प्रेसित गर्दा एउटा त छाप्थ्यो होलानी पत्रीकाको सम्पादकले । म त वास्तबमै झुर लेखक हुँ । '

उसलाई बोल्दा बोल्दै खोकी लाग्यो । उसले खोक्दै गर्दा मैले मनमनै भने-'ठिकै सोचिस भाई। तं पनि म जस्तै लेखी खाने मान्छे होइनस। अरु कुनै पेसा अङगाले चाडै ऋण तिर्थिस बरु। '

खोकी रोकिए पछी उसले भन्यो 'हिजो मैले लेखेको नाटकको एउटा डाइलग हो यो, कस्तो लाग्यो तिमीलाई?'