Tuesday, August 11, 2015

एउटा यात्रा

ad300
Advertisement

एउटा  यात्रा ..... 

एक जोर लुगा हाल्न सके
अलिकती अन्न
र अलिकती नुनको जोहो गर्न सके
यो जाडो भरिओठबाट मुस्कानले 
भुइ झर्ने आँट गर्दैनथ्यो ।

अलिकती मट्टितेल ल्याउन पाए
साँझमा घर अँध्यारो त हुन्थेन । 

पुग्नु पर्ने टाढा छ । 

हजुरबुवा मलाई मध्यरातमै 
उठाएर भन्नु हुन्थ्यो 
बाबु!
उठ हिंड्ने बेला भो 

म भन्थें
यो औँसिको कालो रात
न टर्च लाइट छ
न उज्यालो दिने अरु केही चिज
बाटो निकै अफ्ठ्यारो छ
बिहान उज्ज्यालो भएपछी
हिड्दा हुँदैन हजुरबा?

हजुरबा मलाई सम्झाउनु हुन्थ्यो
हेर बाबु!  
हर लामो यात्रा अँध्यारोमै सुरु हुन्छ 
अँध्यारोमै
अफ्ठ्यारोमै हिंड्ने आँट गरे पो
उज्ज्यालो बोकेर फर्किन पाईन्छ घर   
उज्यालो होला र हिडुला भन्नेहरुलाई  
गन्तब्यमा नपुग्दै अर्को अँध्यारोले छोपीसक्छ । 

पुग्नु पर्ने टाढा छ । 

हजुर बुवा मलाई मध्यरातमै 
उठाएर भन्नु हुन्थ्यो
बाबु!
उठ हिंड्ने बेला भो 
हर लामो यात्रा अँध्यारोमै सुरु हुन्छ ।  

    
©बिस्नु प्रवा सापकोटा 
दमेक -१, बाग्लुङ 

२०७० श्रावण १७ 
Share This

Pellentesque vitae lectus in mauris sollicitudin ornare sit amet eget ligula. Donec pharetra, arcu eu consectetur semper, est nulla sodales risus, vel efficitur orci justo quis tellus. Phasellus sit amet est pharetra

Related Posts

  • दुनियाँअसललाई गती छाडा देख्छ दुनियाँ फुललाइ काडाँ देख्छ दुनियाँ दुनियाँ को आ… Read More
  • टुनामुनातिम्रै नजरको टुनामुनामा अल्झिएं म सबै केन्द्र पुगे यतै छेउकुनामा अल्झि… Read More
  • हिरामेरो आस्थालाइ सधै धमिरा ठान्छ्यौ तिमि मेरो कर्मलाइ सधै दिलको किरा ठन्छ… Read More
  • गजलआफ्नालेनै भत्काउछन्,घर आफन्तको तेसैलेत लाग्दैन नि,भर आफन्तको अगि पर… Read More
  • मुक्तक Read More
  • भगवानपरदेश तिर जाने भिसा लागे जस्तो छ मन्दिर छोडि भगवान अन्तै भागे जस्तो … Read More

0 comments: