Thursday, December 9, 2010

~गजल~

~गजल~
छुट्टीएर एक्लै बाँच्दा साथ दुखेको छ
बोतलको रक्सी भित्र मात दुखेको छ

राती एक्लै बिस्तारामा रुने बिधुवाको
सम्झनामा त्यही सुहागरात दुखेको छ ।

टिप्नेहरु सँगै जान्छन सजिएर फूलहरु
यता केवल डालि सँग पात दुखेको छ ।

बेइमानीले जता ततै राज गर्न थाले पछी
गल्ली माथि इमानको खात दुखेको छ ।

जती धेरै बर्सेपनि ननिभेर मनको अगो
साउनको सिमसिमे बर्षात दुखेको छ ।

Friday, November 13, 2009

गजल

गजल
आफ्नालेनै भत्काउछन्,घर आफन्तको
तेसैलेत लाग्दैन नि,भर आफन्तको

अगि परे फुल छर्छन पछि छुरा बरै
आज भोली के बिश्वास,छ र आफन्तको

बरु पराइ भावनाले नजिक हुँदो रैछ
भैदो रैछ जिन्दगीमा,पर आफन्तको

सबै कुरा ठीक ठाक ठाउँमै छ जस्तो लाग्छ
तर अझै बाँकी नै छ,डर आफन्तको

आफ्नालेनै भत्काउछन्,घर आफन्तको
तेसैलेत लाग्दैन नि,भर आफन्तको । ।

Thursday, November 12, 2009

भगवान

भगवान
परदेश तिर जाने भिसा लागे जस्तो छ
मन्दिर छोडि भगवान अन्तै भागे जस्तो छ

कति खानु दुसित पानी कुहेको प्रसाद मात्रै
साइलि संग हुस्की ब्रान्डी मागे जस्तो छ

यकोहोरो उहि धुनका भजन मात्र कति सुन्नु
यसो पप रक सुन्ने इच्छा जागे जस्तो छ ।।