Tuesday, April 2, 2013

डाइलग

 डाइलग


उसका र मेरा धेरै कुरा मिल्दा जुल्दा छन । उ, म जस्तै लेख्न रहर गर्ने झुर कवी हो। उसको र मेरो जीवन उस्तै असरल्ल छ । उसको र मेरो ऋण पनि बराबर नै छ जस्तो लाग्छ ।

सधै बाटोमा भेट्ने बित्तिकै उसले मलाई केही झुर रचना सुनाउथ्यो । तर मेरो रचना सुन्न परे फुर्सद हुँदैनथ्यो उसलाई । उसको रचना सुनेर मैले सधैं झुठो टिप्पणी गर्थें-'खुब राम्रो छ यार' ।

आजको कुरा बेग्लै थियो । उसले मलाई भेट्ने बित्तिकै भन्यो- 'अब म लेख्न छोडिदिन्छु । मेरो लेखाइमा कुनै दम छैन । आखिर मेरो रचना मनै देखी मन पराउने पनि त को छ र । मेरो लेखाइ राम्रो भए कम्तीमा दसवटा रचना प्रेसित गर्दा एउटा त छाप्थ्यो होलानी पत्रीकाको सम्पादकले । म त वास्तबमै झुर लेखक हुँ । '

उसलाई बोल्दा बोल्दै खोकी लाग्यो । उसले खोक्दै गर्दा मैले मनमनै भने-'ठिकै सोचिस भाई। तं पनि म जस्तै लेखी खाने मान्छे होइनस। अरु कुनै पेसा अङगाले चाडै ऋण तिर्थिस बरु। '

खोकी रोकिए पछी उसले भन्यो 'हिजो मैले लेखेको नाटकको एउटा डाइलग हो यो, कस्तो लाग्यो तिमीलाई?'

Sunday, February 24, 2013

भाषा बिकास

भाषा बिकास
'नेपाली भाषाको मौलिकता कसरी बचाउने?' बिषयमा लेख लेखेका नेपालका लेखक र लेखको बारेमा बोलेरै गुरुले सिङ्गै घन्टी सकाए । कालोपाटिमा कोरिएका चकका धर्साहरु पुरानो डस्टर मेटन खोज्दै गर्दा, कालोपाटी तिरै फर्केर गुरुले सुझाय,'नेपाली भाषा बिज्ञानका सबै विद्यार्थीले नपढी नहुने लेख हो यो। खोजेर पढ्नुहोला।'
'गुरु कुन पत्रीकामा कुन मितिमा छापिएको लेख हो?' मैले हावामा हात उचाल्दै गुरुलाई जिज्ञासा राखें ।
जवाफमा गुरुले इस्वी सम्बतमा मिती र एक नाम चलेको अङ्ग्रेजी दैनिक पत्रीकाको नाम कालोपाटिमै लेखिदिए ।