Friday, November 27, 2009

गीत

गीत
कुन्नि कहाँ बिग्र्यो हाम्रो, पिरतीको हिसाब किताब
न त भयो वार पार, न मिल्यो न्याय निसाफ

भुल्यौकीत जोड्न केहि गुणहरु मेरा
बिर्सियौकी घटाउन केहि दोषहरु तिम्रा
हैन भने कता बिग्र्यो पिरतीको हिसाब किताब
न त भयो वार पार, न मिल्यो न्याय निसाफ

भएन कि भाग गर्दा दुबैलाई बराबरी
मिलेनकी गुणान गर्दा तल माथि नानाथरी
हैन भने कता बिग्र्यो पिरतीको हिसाब किताब
न त भयो वार पार, न मिल्यो न्याय निसाफ

रुमाल

रुमाल
सिगै रुमाल दिदा पनि धागो मात्र ठाने पछि
केहि पल टाढा हुँदा पनि भाग्यो भन्ने ठाने पछि
कसो गरि बैमानी को मन राखु होला हजुर
फुलको थुंगा दिंदा पनि आगो भन्ने ठाने पछी .

Wednesday, November 25, 2009

फुलको जवानी

फुलको जवानी
कहिले दोबाटोमा धुलोले, मैलिन्छ फुलको जवानी
कहिले सुवास बनेर, फैलिन्छ फुलको जवानी
कहिले युवतिको केशमा त कहिले टिकाको रङ संगै
पूजाको थालीमा, ओइलिन्छ फुलको जवानी ।।

बिस्नुप्रवा सापकोटा

Thursday, November 19, 2009

गीत

गीत
भाइलाइ टोपी किन्दिएं बाबालाइ गलबन्दी
दिदिलाइ पछेउरी किन्दिन्छु आमालाइ चौबन्दी
बैनिले जामा किन्दिनु भन्थी
प्रियालाइ के किन्दिनु खै कुन्नी

बानरसी सारी किन्दिन पाए, लाएर माइत जाँदी हौ
पस्मिना खास्टो किन्दिन पाए, पुषको जाडो फाल्दि हौ ।
एकै थोक किन्दिन पनि, कत्तिमा मन छैन्
धेरै थोक किन्दिन पनि, खल्तिमा धन छैन ।

भाइलाइ टोपी किन्दिएं बाबालाइ गलबन्दी .................

मखमली टिका लैदिन पाए, निधार भरि सजाउथ्यौ होला
केही जोर चुरा किन्दिन पाए, हातमा छिनछिन बजाउथ्यौ होला
नकिन्दिउ भने नि धनसंग माया, जोखिन्छ झै लाग्छ
किन्दिउ भनेनि ऋणमा जीवन, पोखिन्छ झै लाग्छ

भाइलाइ टोपी किन्दिएं बाबालाइ गलबन्दी .................

बिष्णु प्रवा सापकोटा

Saturday, November 14, 2009

मुक्तक


मेरो साथ रहुन्जेल्, तिम्रो जिन्दगीमा कहिल्यै घाम लागेन
मेरा हर उत्सवहरु, तिमीलाई कहिल्यै धुमाधम लगेन
सधैको रित्तो खल्ती र कुरुप अनुहार कै कारणले शायद
यो मुटुको कन्चन माया, तिमीलाई कहिल्यै काम लागेन । ।

Friday, November 13, 2009

गजल

गजल
आफ्नालेनै भत्काउछन्,घर आफन्तको
तेसैलेत लाग्दैन नि,भर आफन्तको

अगि परे फुल छर्छन पछि छुरा बरै
आज भोली के बिश्वास,छ र आफन्तको

बरु पराइ भावनाले नजिक हुँदो रैछ
भैदो रैछ जिन्दगीमा,पर आफन्तको

सबै कुरा ठीक ठाक ठाउँमै छ जस्तो लाग्छ
तर अझै बाँकी नै छ,डर आफन्तको

आफ्नालेनै भत्काउछन्,घर आफन्तको
तेसैलेत लाग्दैन नि,भर आफन्तको । ।

Thursday, November 12, 2009

भगवान

भगवान
परदेश तिर जाने भिसा लागे जस्तो छ
मन्दिर छोडि भगवान अन्तै भागे जस्तो छ

कति खानु दुसित पानी कुहेको प्रसाद मात्रै
साइलि संग हुस्की ब्रान्डी मागे जस्तो छ

यकोहोरो उहि धुनका भजन मात्र कति सुन्नु
यसो पप रक सुन्ने इच्छा जागे जस्तो छ ।।

Sunday, November 8, 2009

Saturday, November 7, 2009

हिरा

हिरा
मेरो आस्थालाइ सधै धमिरा ठान्छ्यौ तिमि
मेरो कर्मलाइ सधै दिलको किरा ठन्छयौ तिमि
कसरि पत्याउ तिमिले माया गर्छ्यौ भनेर
जबकि मुटु भन्दा महङो हिरा ठान्छ्यौ तिमि ।।

टुनामुना

टुनामुना
तिम्रै नजरको टुनामुनामा अल्झिएं म
सबै केन्द्र पुगे यतै छेउकुनामा अल्झिएं म
सपना त उडेर आकाशको जुन छुने थियो
तर आखिर तिम्रै चौबन्दिको तुनामा अल्झिएं म .

गीत

गीत
कुन्नि कहाँ बिग्र्यो हाम्रो, पिरतीको हिसाब किताब
न त भयो वार पार, न मिल्यो न्याय निसाफ

भुल्यौकीत जोड्न केहि गुणहरु मेरा
बिर्सियौकी घटाउन केहि दोषहरु तिम्रा
हैन भने कता बिग्र्यो पिरतीको हिसाब किताब
न त भयो वार पार, न मिल्यो न्याय निसाफ

भएन कि भाग गर्दा दुबैलाई बराबरी
मिलेनकी गुणान गर्दा तल माथि नानाथरी
हैन भने कता बिग्र्यो पिरतीको हिसाब किताब
न त भयो वार पार, न मिल्यो न्याय निसाफ

Wednesday, November 4, 2009

मन

मन
फुल कहाँ भैन्छर मान्नेले काडा भनेर माने पछि
आफ्न्त कहाँ भैन्छर जान्नेले पराइ भनेर जाने पछि
एउटै थालामा खाए पनि एउटै ओच्छानमा सुते पनि
नजिक कहाँ भैन्छर मनले टाढाको ठाने पछि ।।

Tuesday, November 3, 2009

मेरो दमेक


कुनै शाहीद्को सम्झनामा मौन धारण
गरिरहेको मान्छे जस्तै
चुपचाप उभिइरहेको छ
मेरो दमेक ।

कुनै निर्दोस् आँखा
जस्ता ताल बोकेर शिरमा
तल तल
बगिइरहेछन्
पैतलाका पसिनाहरु
कालीमा मिसिन

ढाडमा खुर्पेटोजस्तो
सिरबारी र कमल जैसी
बोकेर पारी धौलागिरी
हिमाललाइ जिस्काउदै
कम्मर मच्काउछ
मेरो दमेक

हजुर बाको
चोर औंला समातेर
हुर्केको फुच्छे
अहिले धुलो बाटोमा
मोटर कुदाउछ

आफु गरीब हुनुको पिडा
खप्न नसकेर हो कि शायद
अक्षरको मलमले घाउ निको नपारे पछी
मलेसिया,कतार,युरोप
उडनको लागि
पखेटा निर्माण गर्ने हतारोमा छ
मेरो दमेक ।

पैरोले घिसारेको पाखोमा
घाँस् काट्दै वाशिंट्न डि सि को
सपना देख्न थालेको छ यो
थाहा छैन अब आफ्नै हात काट्छ कि
सपना साकार पार्छ
मेरो दमेकले।

Monday, November 2, 2009

काम

काम
तनको मैलो मनको मैलो धुनु पनि छ
भित्र पिडा लुकाइ बाहिर खुशी हुनु पनि छ
आज भोली काम पनि कति छन कति मेरा
साँझ पख तिमीलाई सम्झी रुनु पनि छ ।।

Sunday, November 1, 2009

घर



पानी सुकेको खोलिमा धाएर के काम
मरेसी ओखति पाएर के काम
गाह्रो नै भात्त्किसके पछि घरको
ढोकामा ताल्चा लाएर के काम